काठमाडौं : सर्वोच्व अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमविरुद्ध परेको रिट खारेज गरेको छ। न्यायाधीश तेजबहादुर केसी र प्रकाशबहादुर ढुंगानाको इजलासले मंगलबार रिट खारेज गरेको अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
नयाँ पाठ्यक्रमविरुद्धको रिट खारेज भएसँगै पठनपाठनको बाटो खुलेको छ। गत कात्तिक १९ मा सर्वोच्वका न्यायाधीश भागवत अर्याललगायतले नयाँ पाठ्याक्रम कार्यान्वयन नगर्न र यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेका थिए।
पाठ्यक्रम विकास केन्द्रले अधिकार क्षेत्र मिचेर पाठ्यक्रम प्रारूप बनाएको आरोप लागेको थियो। रिट परेसँगै अभिभावक र विद्यार्थी अन्योलमा परेका थिए।