काठमाडौं : भारतको गुजरातस्थित सुरतमा फुटपाथमा सुतिरहेका १८ जना मजदुरलाई ट्रकले कि’च्दा १५ जनाको मृ’त्यु भएको छ। बाँकी ३ जना गम्भीर घा’इते भएका छन्।
सुरतको कीम–मन्डी रोडमा सुतिरहेका मजदुरहरुलाई गएराति १२ बजे ट्रकले कि’चेको हो। ट्रकले किच्दा १२ जनाको घ’टनास्थलमै र ३ जनाको अस्पतालमा उपचारका क्रममा नि’धन भएकाे भारतीय सञ्चारमाध्यम एनडीटिभीले जनाएकाे छ। सबै मजदुर राजस्थानका रहेको प्र’हरीले पुष्टि गरेको छ।
घ’टनामा एक ६ महिने बालकलाई सकुशल उ’द्धार गरिएको तर बालकका माता पिताको मृ’त्यु भएको प्र’हरीले जनाएको छ। तीव्र गतिमा आएको ट्रक एउटा ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भएपछि फुटपाथमा सुतेका मजदुरमाथि चढेको थियो।