माघ महिनाभरिकै मौसम सुख्खापन र प्रदूषण

admin

काठमाडौं, ११ माघ : वर्षा नहुँदा यो वर्षको हिउँदमा सुख्खापन र प्रदूषण बढेको छ । बिहान हुस्सु र कुहिरो लागेर केही ठाउँको मौसम बद्ली भए पनि तत्काल पानी नपर्ने हुँदा यो माघ महिनाभरिकै मौसम यस्तै रहने मौसमविद्ले बताउँछन् । सामान्य नागरिकमात्रै नभएर यतिबेला किसान, वातावरणविद् पनि वर्षाको प्रतिक्षामा छन् । तर, मौसमविद्ले तत्काल वर्षा नहुने बताउँदै आइरहेका छन् ।

वरिष्ठ मौसमविद् वरुण पौडेलकाअनुसार सामान्यतया माघ महिनाको १५ गतेदेखि बिस्तारै गर्मी बढ्छ । दिन लामोसँगै गर्मी पनि बढ्दै जाने भए पनि यसपालि त्यस्तो नहुने देखिएको उनले बताए । समयमा नै पानी नपर्दा मौसम राम्ररी खुल्न सकेको छैन ।

पानी परे आकाश खुल्ने र धुवाँ धुलो पनि हटेर जान्छ । आइतबार हिमाली जिल्लाको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ भने पहाडी जिल्लाको मौसम दिउँसोपख सफा हुने मौसमविद् पौडेलले जानकारी दिए ।

प्रतिक्रिया