काठमाडौं, १२ माघ : वि’द्रोही समूहले आ’क्रमण गर्न सक्ने आशंकामा भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता बढाइएको छ । ७२औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सुरक्षा सतर्कता उच्च पारिएको हो । वि’द्रोही समूहले दिल्ली, अयोध्या र बोधगयामा आ’क्रमण गर्ने तयारी गरेको सूचनापछि सुरक्षा सतर्कता बढाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा (भोलि) मंगलबार ७२औं गणतन्त्र दिवस मनाइँदैछ । सन् १९४७ जनवरी २६ मा बेलायतबाट स्वतन्त्र भएपछि भारतले हरेक जनवरी २६ मा स्वतन्त्रता दिवस मनाउँदै आएको छ । भारत बेलायतबाट स्वतन्त्र भए लगत्तै पाकिस्तान भारतबाट अलग्गिएको थियो ।
भारतमा जारी किसान आन्दोलनको आडमा दिल्ली लगायत देशका विभिन्न स्थानमा आ’तंकवादीहरुले आन्दोलनको आडमा हिं’सा मच्चाउन सक्ने आशंका गरिएको छ । देशका धेरैवटा उ’ग्रवादी संगठनले आ’तंकवादीसँग समन्वय गरेको संकेत पाएपछि सुरक्षा एजेन्सी सतर्क बनेको र दिल्लीलाई अलर्टमा राखिएको बताइएको छ ।