थप १७१ जनामा संक्रमण पुष्टि, एक जनाको ज्यान गयो

admin

काठमाडौं, २० माघ : मंगलबार एक सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७१ हजार दुई सय ८९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा दुई सय ५९ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६६ हजार आठ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ । अब नेपालमा दुई हजार चार सय जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा एक जना संक्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३० पुगेको छ । नेपालमा अहिलेसम्म २० लाख ७८ हजार ९८ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रतिक्रिया