नुवाकोट : विदुर नगरपालिका–१ ढुङ्गेमा बसको ठक्करबाट १ शसस्त्र प्र’हरीको मृ’त्यु भएको छ । मंगलबार विहान ६ बजे नुवाकोटको त्रिशुलीबाट काठमाडौंतर्फ जान लागेको ग १ ख ८८९८ नम्बरको बसको ठक्करबाट विदुर–१० गेर्खुटारका १९ वर्षीय दिनेश तामाङको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय नुवाकोटले जनाएको छ ।
बसको ठ’क्करबाट घा’इते तामाङको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृ’त्यु भएको हो । घटनापछि चालक र बसलाई प्रह’रीले नियन्त्रणमा लिएको छ । यसैबीच मृ’तकका आफन्तले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दैै सदरमुकाम विदुर र ढुङ्गेमा प्रर्दशन गरेका छन् ।
प्रर्दशनका कारण नुवाकोट र रसुवामा यातायात ठप्प भएपछि काठमाडौं जान लागेका सयौं यात्रु अलपत्र परेका थिए । साँझबाट भने सवारी सुचारु भएको छ ।