प्रहरीले गो’ली चलायो जनकपुरमा, नेता रामचन्द्र झासहित ११ जना घाइते

admin

धनुषा, २२ माघ : धनुषाको शिवचोकमा प्रदर्शनकारीसँग झ’डप हुँदा प्रहरीले गो’ली चलाएको छ । शिवचोकमा प्रचण्ड-नेपाल समूहका कार्यकर्ताले गाडी चल्न नदिएपछि प्रहरीले खुलाउने प्रयास गरेको थियो । त्यसै क्रममा झ’डप भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिएका छन् ।

बन्दकर्ताले प्रहरीकै गाडीमा तोडफोड गरेपछि गो’ली चलाउनुपरेको जनकपुरका एसपी प्रकाश रानाभाटले जानकारी दिए । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन केही रा’उण्ड हवाई फायर, अ’श्रुग्यास र गो’ली चलाएको एसपी रानाभाटले बताए ।

प्रहरीको गो’ली कसैलाई पनि नलागेको र लाठीचार्जका क्रममा नेकपाको प्रचण्ड-नेपाल समूहका नेता रामचन्द्र झासहित ११ जना घाइते भएका उनले बताए । झ’डपमा केही प्रहरी पनि घाइते भएका छन् । घाइतेहरूको उपचार भइरहेको छ ।

प्रतिक्रिया