काठमाडौं, २२ माघ : बिहीबार एक सय ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७१ हजार ६ सय दुई पुगेको छ ।
यस्तै थप दुई सय २७ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ६७ हजार दुई सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार ३३ पुगेको छ । बितेको २४ घण्टामा थप दुई जनाको ज्यान भएको मन्त्रालयले जनाएको छ । नेपालमा अहिले दुई हजार दुई सय ७७ जना सक्रिय संक्रमित रहेका छन् ।