विभिन्न संवैधानिक निकायमा भएका नियुक्तविरुद्ध सभामुख सापकोटाको रिट

admin

काठमाडौं, २३ माघ : संसदीय सुनुवाइ नागरिक नै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायका लागि गरेको नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्नि सापकोटा सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । रिट निवेदन दर्ता हुन भने बाँकी छ । प्रक्रिया पुगेपछि शुक्रबार रिट दर्ता हुने सम्भावना रहेको सर्वोच्चले जनाएको छ ।

संसदीय सुनुवाइ नागरिक नै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा नियुक्त गरेपछि सभामुख सापकोटाले असन्तुष्टि जनाएका छन् । यसबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी भएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

गएको पुस ५ गते प्रतिनिधिसभा भङ्ग भएपछि असन्तुष्टि जनाउँदै आएका सभामुख सापकोटाले यसअघि संसदीय सुनुवाइका लागि सरकारले पठाएको सक्कलप्रति नै फिर्ता पठाएका थिए ।

प्रतिक्रिया