शुक्रवारसम्म १ लाख ७१ भन्दा धेरैले लगाए काेराेना खाेप

admin

काठमाण्डाै : कोरोना खोप अभियानअन्तर्गत नेपालमा अहिलेसम्म (शुक्रवार) एक लाख ७१ हजारभन्दा धेरै नागरिकले खोप लगाएका छन् । शुक्रवार बेलुकीसम्म ७७ जिल्लाका दुई सय एक खाेप बुथबाट एक लाख ७२ हजार चार सय ८६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार सात सय ५६, वाग्मतीमा ५९ हजार नाै सय ४२ जनाले खोप लगाएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

त्यस्तै गण्डकी प्रदेशमा १७ हजार तीन सय १५, लुम्बिनीमा २६ हजार आठ सय ९८, कर्णालीमा आठ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार आठ सय नाै जनाले खोप लगाएका छन् ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको काेभिशिल्ड खोप यही माघ १४ गतेदेखि अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो ।

पहिलाे चरणकाे खाेप अभियान शनिवार (भाेलि) सकिने मन्त्रालयले जनाएकाे छ । दाेस्राे चरणसम्बन्धी जानकारी चाँडै उपलब्ध गराइने मन्त्रालयका प्रवक्ता गाैतमले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू