मोटरसाइकल दु’र्घटना हुँदा बाबुछोराको मृ’त्यु

admin

काठमाडौं, माघ २४ : शुक्रबार अपराह्न कोसी राजमार्गमा मोटरसाइकल दु’र्घट’ना हुँदा बाबुछोराको मृ’त्यु भएको छ। धरानबाट इटहरी जाँदै गरेको प्रदेश १-०१-०४४प १२५६ मोटरसाइकल दुर्घ’टना हुँदा सवार बाबुछोरा दुबै जनाको मृ’त्यु भएको प्रदेश नम्बर १ ट्राफिक प्र’हरी कार्यालयले जनाएको छ।

मृ’त्यु हुनेमा ५० वर्षीय नुरजंग मल्ल र उनका बुवा ८२ वर्षीय कुबेरबहादुर मल्ल छन्। उदयपुर रुपाटार-२ घर भएका उनीहरू इटहरी-८ मा बस्थे। कोसी राजमार्गको इटहरी-२ पिपलचोकमा मोटरसाइकल आफैं अनियन्त्रित भएर दु’र्घटना भएको प्र’हरीले जनाएको छ।

‘तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दु’र्घटना भएको रिपोर्ट आएको छ,’ प्रह’री उपरीक्षक सञ्जीव शर्माले भने। दिउँसो साढे २ बजेतिर दु’र्घटना हुँदा गम्भी’र घा’इते भएका दुबैलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। उपचारको क्रममा दुबैको केही समयमै मृ’त्यु भएको शर्माले बताए।

यता, सुन्दरहरैंचा नगरपालिकामामिनी ट्रकले स्कुटरलाई ठ’क्कर दिँदा स्कुटर चालकको मृ’त्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका-७ मा मिनी ट्रकले स्कुटरलाई ठ’क्कर दिदाँ ३५ वर्षीय अजय लिम्बूको मृ’त्यु भएको हो।

शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जादैं गरेको प्र २-०३-००१ ख १९७६ नम्बरको मिनी ट्रकले सडक पार गर्ने क्रममा प्र१-०२-०४० प ७६६९ नम्बरको स्कुटरलाई ठ’क्कर दिएको थियो। ठक्करले गम्भी’र घा’इते भएका लिम्बूको उपचारका क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा राति ९ बजे मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया