हामी प्रधानमन्त्रीको लागि लडिएको होईन् : दाहाल

admin

काठमाडौं, २५ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुले पदको लागि आन्दोलन वा संघर्ष नगरेको स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लडेर ल्याएका परिवर्तन र संविधानमाथि प्रहार गरेकोले त्यो जोगाउनको लागि आन्दोलन गरेको स्पष्ट पारेका छन् ।

(हिजो) शनिबार मिडिया एलायन्सका पदाधिकारीसँगको अन्तरक्रियामा बोल्दै दाहालले यस्तो बताएका हुन् । उनले–‘हामी प्रधानमन्त्रीको लागि लडिएको होईन् । तपाईहरुलाई त्यस्तो लागेको छ भने ठूलो गल्ती हुनेछ । संविधान बचाउने, परिवर्तन जोगाउने चिन्ता हो । हामी, नेपाली कांग्रेस, जनता समाजवादी र नागरिक समाज ओलीको प्रतिगमनको विरोधमा छौं ।’

प्रतिक्रिया