भागरथी ह’त्या घटनामा छिट्टै सफलता मिल्छ : गृहमन्त्री

admin

काठमाडौं, २७ माघ : नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बैतडीकी किशोरी भागरथी भट्टको ह’त्याको घटनाबारे गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको छ । मंगलबार बिहान नेविसंघ अध्यक्ष राजीव ढुंगानासहितका पदाधिकारीहरु पुल्चोकस्थित मन्त्री निवासमा पुगेर गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाएका थिए ।

गृहमन्त्री थापालाई ज्ञापन पत्र बुझाउँदै अ’पराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता देखाउन नेविसंघले ध्यानाकर्षण गराएको छ । विगतमा निर्मला पन्त, सम्झना विक लगायतका किशोरीहरुको बलात्कार गरी ह’त्या गरिँदा ती घटनाका अपराधीहरुलाई तत्काल कडा कारबाही गर्ने कुरामा कमी कमजोरी भएकाले नै समाजमा अमानवीय र क्रू’र घटनाले प्र’श्रय पाउँदै नेविसंघको भनाइ थियो ।

यस्तै नेविसंघले शान्ति सुरक्षाको दायित्व पूरा गर्न गृहमन्त्री थापाको ध्यानाकर्षण गराएका थिए । नेविसंघ ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले अनुसन्धान जारी रहेकाले छिट्टै सफलता हात पर्ने बताएको नेविसंघ महामन्त्री दीपक भट्टराईले जानकारी दिए ।

गृहमन्त्री थापाले भट्टको ह’त्याको घटना निर्मला पन्तको जस्तो जटिल नभएकाले अनुसन्धानमा छिट्टै सफलता मिल्ने विश्वास दिलाएको उनको भनाइ छ । यस्तै नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाका अनुसार गृहमन्त्री थापाले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्ण रुपले बैतडीमा केन्द्रित रहेकोले भन्दै करिब दोषीको नजिक पुगेको बताएका थिए ।

ध्यानाकर्षणका निम्ति धन्यवाद दिँदै थापाले युवा विद्यार्थी, नागरिक समाज सबैको सहयोगको सरकारले अपेक्षा गरेको बताए । नेविसंघले अपराधीहरुलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्ने तदारुकता नदेखाए नेविसंघ कडा संघर्षमा उत्रिन बाध्य हुने चेतावनी दिइएको छ ।

प्रतिक्रिया