सार्वजनिक सम्पत्ति हडप्नेलाई कारबाही गरिने

admin

काठमाडौं, २८ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सार्वजनिक सम्पत्ति हडप्नेलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आयोगको ३०औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा प्रमुख आयुक्त राईले सार्वजनिक सम्पत्ति संरक्षणका लागि जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउने बताएका हुन् ।

उनले भने, ‘ठूलो सानो भनेर विभेद हुँदैन, अनुसन्धानको दायरामा ल्याइन्छ ।’ राईले मालपोत, राहदानी, यातायात, राजश्वलगायतका सार्वजनिक सेवाका क्षेत्रमा हुने अनियमितता र भ्रष्टाचार रोक्न सुक्ष्म अध्ययन अनुसन्धान गरिरहेको जानकारी दिए ।

उनले केन्द्रसहित आयोगका ८ वटै कार्यालयले द्रुत कार्य गरिरहेको उल्लेख गरे । अख्तियारले गत वर्ष इतिहासमै सबैभन्दा बढी ४४१ मुद्दा विशेष अदालतमा दायर गरेको जानकारी दिँदै विकास निर्माण, बजेट खर्चलगायतमा हुने भ्रष्टाचारमा अख्तियारको चासो उत्तिकै रहेको बताए ।

प्रतिक्रिया