भागरथीको लागि न्याय माग्दै महिलामाथि हुने हिं’साका घटनाको विरोध प्रदर्शन (भिडियोसहित)

admin

काठमाडौं, ३० माघ : महिलामाथि हुने हिं’सा, विभेद र ब’ला’त्कारका घटना बढिरहे पनि रोकथामको प्रयास नभएको भन्दै बृहत् नागरिक आन्दोलनले शुक्रबार ‘सिंहदरबार महिला मार्चपास’ गरिरहेको छ । दिउँसो काठमाडौंको वसन्तपुरमा भेला भएर नागरिक आन्दोलनले सिंहदरबारको मूल गेटसम्म मार्चपास गरिरहेको हो ।

मार्चपासमा का’लो कपडा लगाएका महिलाहरूका साथै प्रतिकात्मक श’व र मलामी पनि देखाइएको छ । बृहत नागरिक आन्दोलन अन्तर्गत महिला मार्चका सहभागीहरुले सबैखाले प्रतिगमन अन्त्य हुनुपर्ने माग गरेका छन् । विगत ७ वर्षमा झन्डै १४ हजार महिलाको ब’ला’त्कार भएको भन्दै सबैखाले हिं’सा अन्त्य हुनुपर्ने माग उनीहरुले गरे ।

सहभागीहरुले ब’ला’त्कारीलाई फा’सी दे, महिला हिं’सा अन्त्य गर लगायत नारा लगाएका थिए । वसन्तपुर डबलीबाट सुरु भएको मार्चपास भद्रकालीमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै महिला अधिकारकर्मी हिमा विष्टले ढेढ वर्षभित्रै पाँच हजार ७ सय ३५ बालबालिका, किशोरी र महिलाको ब’ला’त्कार हुँदा पनि सरकार चुप बसेको बताइन् ।

‘हरेक दिन ६-७ जना बालबालिका, किशोरी र महिलाको ब’ला’त्कार हुँदा पनि सरकारलाई फरक पर्दैन । फरक पर्ने तपाईं हामीलाई हो । किनकि निर्मला पन्त पनि हामी नै हौं । भागरथी भट्ट पनि हामी हौं’ उनले भनिन् । कार्यक्रमा शिल्पी थियटरका कलाकारहरुले नाटक मञ्चन गरेका थिए ।

प्रतिक्रिया