काभ्रेमा एक पुरुषको श’व फेला

admin

काभ्रे : काभ्रेको खड्पुमा ५८ बर्षिया एक पुरुषको श’व फेला परेको छ । बनेपा–पनौती सडकखण्डको आइटी पार्क अगाडी ह’त्या गरेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी भुपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

ह’त्या गरेको आ’शंका गरिएको र प्र’हरीले अनुशन्धान सुरु गरेको एसपी खत्रीले जानकारी दिनुभयो । मृ’तक सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नं ५ का ५८ बर्षिया बच्चु नेपाली रहेको खत्रीले जानकारी दिनुभयो । उनको टाउकोमा ढुंगा ईट्टाले हानेको अवस्थामा वि’भत्स रुपमा भेटिएको थियो । प्र’हरीले अनुशन्धान भैरहेको जनाएको छ ।

त्यस्तै बनेपा नगरपालिका वडा नं. ६, बुडोलमा फुटबल खेल्ने क्रममा अफ्ठ्यारो महशुस गरेपछि अस्पताल लगिएका एक किशोरको उपचारको क्रममा मृ’त्यु भएको छ ।

पनौती न.पा. १० खोपासीबाट साथीहरुसँग फुटबल खेल्न बुडोल आएका १४ वर्षिया सुमित सुन्दाशको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृ’त्यु भएको इलाका प्र’हरी कार्यालय, बनेपाका प्र’हरी निरिक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया