नवलपरासी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संसद्मा बस्न मन नलाग्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई जंगलतिर गएर बस्न सुझाव दिनुभएको छ । नेपाल तरुण दल पश्चिम नवलपरासीले शनिबार गरेको विरोधसभामा नेता थापाले सरकार र संसद्मा बस्न मन नलागे प्रधानमन्त्री ओलीलाई जंगलतिर जान सुझाव दिनुभएको हो ।
संसद्को ताला चाबी राष्ट्रपतिलाई बुझाएर प्रधानमन्त्रीले भगौडा शैली देखाएको उहाँको आरोप छ । प्रधानमन्त्री ओलीले मञ्चबाटै अदालत र न्यायाधीशलाई धम्क्याउने अभिव्यक्ति दिने गरेको नेता थापाको आरोप छ ।
संसद विघटनले मुलुक दुर्घटनामा पर्ने भएकाले त्यसका लागि लडाईंको विकल्प नरहेको थापाको तर्क थियो । उहाँले प्रधानमन्त्री ओलीको सनक र सेटिङको व्यवस्थालाई अदालतले भत्काउनेमा विश्वस्त रहेको बताउनुभयो । मुलुक चुनावमा गए संवैधानिक तरिकाले जाने उहाँको भनाइ छ ।