काठमाडौं, ९ फागुन : आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य घटेर तोलामा ८८ हजार २ सय रुपैयाँमा झरेको थियोा भने आइतबार फेरि ८ सय रुपैयाँले बढेर ८९ हजार रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसअघि गएको बिहीबार सुनको मूल्य तोलामा ८९ हजार २ सय रुपैयाँ थियो । त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला ८७ हजार ७ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आइतबार चाँदीको पनि मूल्य बढेको छ । शुक्रबार तोलामा १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन १७ सय ८४ अमेरिकी डलरमा कारोबार भएको छ ।