काठमाडौं, ५ बैशाख : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेनबीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताउनुुभएको छ ।
स्पेन भ्रमणबारे जानकारी दिन आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उहाँले स्पेनमा बनाउन लागिएको लुुम्बिनी उद्यान परियोजना दुई देशबीचको सम्बन्ध सेतुुका रुपमा रहने विश्वास व्यक्त गर्नुुभयो ।
स्पेन भ्रमणका क्रममा भएको शान्ति सम्मेलनमा र अन्य उच्चस्तरीय भेटघाटमा अध्यक्ष तिमिल्सिनाले शाक्यमुनि बुुद्धको शान्तिको सन्देश संसारभर फैलाउन सबैसँग अनुुरोध गरिएको जानकारी दिनुभयो । उहाँले बौद्ध दर्शनको अद्वितीय गुण भनेकै जीवन र प्रकृतिप्रतिको नवीनतम सोच भएको र खुुशी प्राप्तिका लागि कसैले अर्काे जन्म र भिन्नै विश्वको प्रतीक्षा गर्नु नपर्ने धारणा राख्नुुभएको थियो ।
लुुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमनले अध्यात्म र शान्तिसँग जोडेर नेपालको पवित्र भूूमि र दुुई देशबीचको सम्बन्ध विस्तारका विभिन्न पक्षबारे धारणा राख्नुुभयो । फाउण्डेशनका उपाध्यक्ष गोविन्द सुुवेदीले परियोजना अघि बढेसँगै स्पेन र नेपालबीचको सशक्त मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुुदृढ हुने विश्वास व्यक्त गर्नुुभयो ।
स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुुइलेरम्मो फर्नाण्डेज भारका निमन्त्रणामा त्यहाँ आयोजित शान्ति सम्मेलनमा भाग लिने सिलसिलामा उहाँले गत चैत २३ देखि यही वैशाख १ गतेम्म भ्रमण गर्नुुभएको थियो ।