काठमाडौं, ७ बैशाख : पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । भारत भ्रमणबाट आइतबार स्वादेश फर्किएका उनीहरुले स्वाब परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उनीहरुको कन्ट्रयाक्ट ट्रेसिङ सुरु गरिएको छ । कुम्भ मेलामा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई समेत कोरोना संक्रमण भएको थियो । पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी भएको मेलाको कार्यक्रममा आदित्यनाथ पनि सहभागी भएका थिए ।