आकाश खुलेसँगै देशभर गर्मी बढ्यो

admin

काठमाडौं, १३ बैशाख : प्रदूषण घटेर आकाश खुलेसँगै दुई दिनयता गर्मी बढेको छ । अघिल्लो हप्ता हावाहुरीसहित पानी परेपछि प्रदूषण र तुवाँलो हट्दै गएपछि गर्मी बढेको हो ।

मौसमविद् वरुण पौडेलले आउँदो बिहीवारसम्म देशभरको मौसम सफा हुने र गर्मी बढ्दै जाने बताउनुभएको छ । तराईका जिल्लाहरुसँगै काठमाण्डौ र अरु ठाउँमा पनि गर्मी बढेको छ ।

हिजो काठमाण्डौको तापक्रम ३२ दशमलव ४ डिग्री तापक्रम मापन गरिएको छ । अस्तिको तापक्रम २९ डिग्री सेल्सियस थियो । यस्तै हिजो भैरहवाको तापक्रम ३९, नेपालगञ्जकाे ३८ दशमलव ३, धनगढीमा ३८ दशमलव २ र सिमरामा ३७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज पनि बिहानैदेखि गर्मी छ ।

आज काठमाण्डौको तापक्रम ३३ डिग्री पुग्ने अनुमान गरिएको छ । यस्तै दिपायलको तापक्रम ३५ देखि ३७, धनगढीको ३७ देखि ३९, विराटनगरको ३४ देखि ३६, भैरहवाको ३८ देखि ४० र जनकपुरको ३७ देखि ३९ डिग्री सेल्सियसम्म पुग्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले स्थानीय वायुको प्रभाव रहेकाले देशभरको मौसम सफा रहेको र तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । केही दिन अघिसम्म राम्रोसँग घाम नलाग्ने, तुवाँलो लाग्ने र वातावरण प्रदूषणले आकाश नखुल्दा चिसो महसुस गरिएको थियो । अहिले घामले जमिन तातेकाले गर्मी बढेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया