नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक

admin

काठमाडौं, १५ बैशाख : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जान र नेपाललाई ट्रान्जिट बनाएर अन्य देश जान रोक लगाएको छ । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो देश जाने उद्देश्यले नेपाल आउन र नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्य देश जान रोक लगाएको हो ।

यो नियम आज राति १२ बजेदेखि लागू हुने विभागले जनाएको छ । कोरोनाको नयाँ भेरियन्ट फैलिएका कारण अर्को सूचना नआएसम्मका लागि प्रतिबन्ध लागेको विभागले जनाएको छ । भारतमा कोरोना भाइरसको दोस्रो लहर फैलिरहेकाले दिल्लीबाट सिधा उडानमार्फत नेपालमा दैनिक सयौँ भारतीय नागरिक आउने गरेका थिए ।

साउदी अरबले भारतसँगको सिधा उडान रोकेपछि साउदीमा काम गर्ने भारतीय नागरिक नेपालको बाटो हुँदै साउदीतर्फ जाने गरेका थिए । विभागले नेपाललाई अन्तिम गन्तव्य बनाएर आउने र नेपालबाट बाहिरिने यात्रुले पाउँदै आएको सेवा भने नियमित रहने जनाएको छ ।

प्रतिक्रिया