आज कांग्रेसको पदाधिकारी बैठकमा सरकार गठनको विषयमा छलफल हुने

admin

काठमाडौं, २० बैशाख : नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आइतबार बस्दैछ । सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे बस्ने बैठकमा नयाँ सरकार गठन, पार्टीको महाधिवेशन लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदबाट विश्वासको मत लिने घोषणा गरेपछिको अवस्थाका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

नेपाली कांग्रेसले माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म नयाँ सरकार गठनको नेतृत्व नलिने बताएको छ । माओवादीले भने जसपा र नेपाली कांग्रेसले स्पष्ट वचन नदिएकाले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकिएको जनाउँदै आएको छ ।

प्रतिक्रिया