आज थप ५५ जनाको ज्यान गएसँगै सात हजार ६ सय ६० जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २१ बैशाख : नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५५ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार चार सय १७ पुगेको छ । यस्तै बितेको २४ घण्टामा सात हजार ६ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार एक सय ३१ जनाको पीसीआर परीक्षण गर्दा सात हजार पाँच सय ८७ जना र पाँच सय ७१ जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । बितेको २४ घण्टामा काठमाडौंमा मात्रै २७७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै ५०० बढी संक्रमित हुने जिल्लाको संख्या २० पुगेको छ ।

यसैगरी बितेको २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ८७ हजार सात सय ९० पुगेको छ । अहिले नेपालमा ५९ हजार सात सय ९८ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकासहित देशभरका अधिकांश जिल्लामा कोरोना रोकथाम र नियन्त्रणको उद्देश्यसहित निषेधाज्ञा जारी गरिएपनि संक्रमितको संख्या भने बढ्दो क्रममा रहेका छन् ।

प्रतिक्रिया