ओलीले फेरि संवैधानिक परिषद् बैठक बोलाए

admin

काठमाडौं, २४ बैशाख : यसअघिका नियुक्तिमा अन्य दलहरूले आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संवैधानिक परिषद्को बैठक बोलाएका छन्। संवैधानिक आयोगहरूमा रिक्त पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले आइतबारका लागि संवैधानिक परिषद्को बैठक बोलाएका हुन्।

हाल लोकसेवा आयोग, समावेशी आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक आयोगहरूमा पदाधिकारी रिक्त छन्। मुलत लोकसेवा आयोगमा तत्काल नियुक्ति नभएर कर्मचारीहरूको वृत्ति विकासमा बाधा पुगेको आवाज उठिरहेको छ। साथै अन्य केही आयोगले पनि पूर्णता पाउन सकेका छैनन्।

यसअघि राखिएका संवैधानिक परिषद्का बैठकहरूमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएनन्। उनीहरू उपस्थित नभएपछि प्रधानमन्त्री ओलीले नयाँ अध्यादेश ल्याएर नियुक्ति गरेका थिए। त्यसपछि सो अध्यादेश फिर्ता लिएर सहमति खोज्ने प्रयास भएको थियो।

यसपटक पनि फेरि अध्यादेशमार्फत नै नियुक्ति हुन लागेको छ। गएको मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

प्रतिक्रिया