मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा अकास्मात राजीनामा

admin

काठमाडौं, २६ बैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष राजीनामा बुझाएका हुन् । गुरुङमाथि प्रदेशसभामा अविश्वास प्रस्ताव पेस भएको थियो भने सो प्रस्तावमाथि (भोलि) सोमबार मतदान हुने कार्यसूची रहेकै बेला उनले अकास्मात राजीनामा दिएका हुन् ।

यसअघि अविश्वास प्रस्तावमा १५ बैशाखमा मतदान हुने कार्यसूची थियो । तर संसद चलिरहेको अवस्थामा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएकाले बैठक स्थगित गरी खोजी गरिदिन सांसद प्यारी थापाले निवेदन दिएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।

त्यसपछि दलहरुबीच असन्तुष्टि बढेपछि प्रदेश सभा बस्न सकेको थिएन । यही बीचमा वैशाख २३ मा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले २७ गते बिहान ११ बजे बैठक बस्ने निर्णय गरेको थियो । प्रदेश सभामा २ बैशाखमा अविश्वास दर्ता भएको थियो ।

प्रतिक्रिया