आफ्नै पार्टीलाई पछार्नेहरूलाई इतिहासले माफी गर्ला ?

admin

काठमाडौं, २६ बैशाख : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा लाग्न नेता-कार्यकर्तालाई अपिल गरेका छन् । माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री ओलीले आफूले कसैलाई पनि काखापाखा नगरेको बताउँदै पार्टीलाई मजबुत बनाउन अपिल गरेका हुन् ।

कतिपय व्यक्तिमा रहेको अहङ्कारको सिकार पार्टीलाई बनाउन नहुने भन्दै ओलीले आफ्नै पार्टी फुटाउन र सरकार ढाल्न खोज्ने आपराधिक मानसिकता भएकाहरू सुध्रनुपर्ने पनि बताएका छन् । बरू सामूहिक राजीनामा दिएर आफ्नै राजनीतिक भविष्य समाप्त पार्ने तर पार्टीलाई पछारी छाड्ने हानिकार प्रयास भएकालाई इतिहासले माफी गर्ला ? भनेर ओलीले प्रश्न गरेका छन् ।

साथै ओलीले नागरिकको आशा, भरोसा र विश्वासको केन्द्र नेकपा एमालेलाई अझ सुदृढ र एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्ने आजको पुस्ताको प्रमुख दायित्व भएको बताएका छन् ।

प्रतिक्रिया