ग्यास्ट्रोइन्टेरोजोली क्षेत्रका पिता भनेर चिनिने वरिष्ठ डाक्टर ‘आईएल आचार्य’को निधन

admin

काठमाडौं, २ जेठ : वरिष्ठ ग्यास्ट्रोइन्टेरोलोजिस्ट प्रा. डा. आईएल (ईश्वरलाल) आचार्यको निधन भएको छ । सानेपामा रहेको स्टार अस्पतालमा उपचारका क्रममा ८३ वर्षीय डा. आचार्यको आइतबार बिहान निधन भएको हो । कोरोना भाइरसको संक्रमण भएपछि गएको बैशाख १८ गते उनी अस्पताल भर्ना भएका थिए ।

बैशाख २९ गते उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । तर शनिबार बेलुका स्वास्थ्य अवस्था बिग्रिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उपचारमा जाँदा उनको फोक्सोमा ७५ प्रतिशत निमोनिया भइसकेको थियो । आचार्यलाई नेपालको ग्यास्ट्रोइन्टेरोजोली क्षेत्रका पिता भनेर चिनिन्छ ।

प्रतिक्रिया