काठमाडौं, ३ जेठ : अक्सिजन सिलिन्डर लिन चीन गएको नेपाल वायुसेवा निगमको जहाज सोमबार नेपाल आउँदैछ । साढे चार सय थान अक्सिन सिलिन्डर लिएर जहाज दिउँसो दुई बजे त्रिभुवन विमानस्थलमा अवतरणको तालिका रहेको छ । जहाज अर्को खेप सिलिन्डर लिन सोमबार राति फेरि बेइजिङको लागि उड्नेछ ।
निगमको जहाजले यसअघि दुई पटक गरेर झण्डै एक हजार सिलिन्डर ल्याइसकेको छ । यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार ६ वटा उडान तथा अवतरण हुँदैछन् । हिमालय एअरलाइन्सको जहाज चीनको कुम्निङबाट बिहान काठमाडौं आइपुगेको छ भने राति सवा ८ बजे फेरि कुम्निङकै लागि उड्नेछ ।
यस्तै चीन गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजेर पाँच मिनेटमा काठमाडौं फर्कँदैछ भने राती ११ बजे पुन बेइजिङको लागि उड्दैछ । यस्तै टर्किस एअरलाइन्सको चाटर्ड जहाज राति ९ बजे काठमाडौं आएर ११ बजे उड्ने तालिका रहेको छ ।