आज छ हजार आठ सय ९१ जना कोरोनामुक्त, थप एक सय ९६ जनाको ज्यान गयो

admin

काठमाडौं, ४ जेठ : मंगलबार नेपालमा आठ हजार दुई सय तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार दुई सय ८६ जनाको पीसीआर र ६ सय ९३ जनाको एन्टिजेन परीक्षण गर्दा आठ हजार दुई सय तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा थपिएकासँगै नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या चार लाख ७२ हजार तीन सय ५४ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट थप एक सय ९६ जनाको ज्यान गएको छ । यसअघिको प्राप्त विवरण र बितेको २४ घण्टामा गरी एक सय ९६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ११ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ६ हजार आठ सय ९१ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या तीन लाख ५२ हजार चार सय १४ पुगेको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ ।

प्रतिक्रिया