मलेसियामा फेरि पूर्ण लकडाउनको तयारी

admin

काठमाडौं, ६ जेठ : मलेसियामा कोरोना संक्रमण अहिलेसम्मकै धेरै भेटिएको छ । बुधबार कोरोना महामारी सुरु भए यताकै सबैभन्दा धेरै एकै दिन ६ हजार ७५ जनामा संक्रमण पुष्टि भएको मलेसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि सबैभन्दा धेरै एकै दिन गएको जनवरी ३० मा एकै दिन ५ हजार ७२८ जनामा संक्रमण पुष्टि भएको थियो । तर बुधबार भेटिएको संक्रमितको संख्याले यो रेकर्ड पनि तोडेको छ ।

पछिल्लो समय कोरोना संक्रमण तीव्र रूपमा फैलिएसँगै यसको रोकथामका लागि पूर्ण लकडाउन गर्नेबारे छलफल भइरहेको जनाइएको छ । यसबारेमा शुक्रबार निर्णय हुने त्यहाँका सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् । मलेसियाको औद्योगिक क्षेत्र सेलेङ्गरमा सबैभन्दा धेरै एकै दिन २२ सय ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

जहाँ नेपाली श्रमिक पनि ठुलो संख्यामा कार्यरत छन् । मलेसियामा बुधबारसम्ममा ४ लाख ८० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भइसकेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी अस्पतालहरूमा आईसीयू लगभग भरिन थालेको छ ।

प्रतिक्रिया