कोभ्याक्सअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज खोप दिने

admin

काठमाडाैं,९ जेठ : बेलायतले नेपाललाई २० लाख डोज आस्ट्रोजनका (कोभिसिल्ड) खोप दिने भएको छ । बेलायतले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को कोभ्याक्स कार्यक्रमअन्तर्गत नेपाललाई त्यस बराबरको खोप निःशुल्क रूपमा उपलब्ध गराउने भएको हो ।

नेपालको कूटनीतिक पहलमा नभएर त्यहाँ रहेका गोर्खा र नेपालकी लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा त्यो बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो ।

उनीहरूको पहलपछि गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप नेपाललाई दिने निर्णय गरेको हो । बेलायतको विदेश मन्त्रालयको प्रस्तावमा संसद्ले उक्त यस्तो निर्णय गरेको बताइएको छ ।

हाल नेपाललाई खोप अत्यन्त आवश्यक देखिएको भन्दै बेलायतले यस्तो निर्णय गरेको हो । यस सम्बन्धमा गत हप्ता राजदूत पोलिटले पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी दिएकी थिइन् । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

प्रतिक्रिया