केपी ओलीको निर्णयले हाम्रो राैंसमेत हल्लिएन : झलनाथ खनाल

admin

काठमाडौं, १० जेठ : नेकपा एमाले स्थायी कमिटी बैठकले आफ्ना ११ जना नेतालाई कारबाही गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले केपी ओलीप्रति कडा अभिव्यक्ति दिएका छन्।

खनालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरूलाई गरेको कारबाहीले केही फरक नपर्ने टिप्पणी गरे। आजको एमाले स्थायी कमिटी बैठकको निर्णयलगत्तै नेता खनालले केपी शर्मा ओलीको कारबाहीले आफूहरुको रौं पनि नहल्लिने बताएका छन्।

‘आफ्ना साथीलाई यसरी कारबाही गरेका छन्। ओलीको हिटलर, निरंकुश, निर्मम र क्रूरतापूर्ण काम हो। म एक महिनादेखि बिरामी भएर बसेको मान्छेको रौंसमेत हल्लिएको छैन।’ ओलीले मान्छेका लासमाथि शासन गरेका पनि आरोप लगाएका छन्।

प्रतिक्रिया