कीर्तिमानी आरोही शेर्पा २६औं आरोहण त्यागेर किन फर्किए ?

admin

काठमाडौं, ११ जेठ : कीर्तिमानी आरोही कामिरिता शेर्पा २६औं पटकको सगरमाथा आरोहण त्यागेर काठमाडौं फर्किएका छन् । गएको बैशाख २४ गते बाटो बनाउँदै शिखरमा पुगेर २५औं पटकको कीर्तिमानी बनाएका शेर्पाले २६औं पटक आरोहणका लागि अनुमति लिइसकेका थिए ।

तर उनी आरोहण त्यागेर मंगलबार बिहान काठमाडौं फर्किएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् । शेर्पाले आउँदो शनिबार आरोहण गर्ने योजना बनाएकोमा घरपरिवारको अनुरोधका कारण आरोहण त्यागेर फर्किएको बताए । कामिरिता शेर्पाले सन् २००९, २०१०, २०१३ र २०१९ को वसन्तकालीन सगरमाथा आरोहण सिजनमा दोहोर्‍याएर सगरमाथा आरोहण गरेका थिए ।

प्रतिक्रिया