सेनाका सहायक रथी केसीको निधन

admin

काठमाडौं, १३ जेठ : नेपाली सेनाका सहायक रथी दिनेशकुमार केसीको कोरोना संक्रमणका कारण निधन भएको छ । केसी सेनाको १३ नम्बर बाहिनी लगनखेलका बाहिनीपति थिए ।

कोरोना संक्रमण भएर छाउनीमा रहेको सैनिक अस्पतालमा उपचार गराइरहेका केसीको बिहीबार बिहान निधन भएको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने केसी नेपाली सेनाका उच्च अधिकारी हुन् ।

प्रतिक्रिया