नेता नेपालद्वारा कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन अपिल

admin

काठमाडौं, १४ असार : नेकपा एमालेका नेता माधवकुमार नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउन अपिल गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा नेता नेपालले भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्सवाद सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गरेको स्मरण गरेका छन् ।

यस्तै उनले विद्यमान वैचारिक, राजनीतिक, सांस्कृतिक, आर्थिक विचलन, विकृति, विसङ्गति, बेथिति र अन्यायको अन्त्य गर्दै नेकपा एमाले सिङ्गो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्नुपर्नेमा जोड दिएका छन् । (आज) सोमबार नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्ती मनाइँदैछ ।

भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङको ढुङ्गेसाँघुमा भएको थियो । कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त प्रतिपादन गरी लोकप्रिय भएका भण्डारीको २०५० जेठ ३ गते दासढुङ्गा दुर्घटनामा निधन भएको थियो ।

प्रतिक्रिया