सरकारी कागजात कीर्तेमा पनि मुछिइन् ज्वाला संग्रौला

admin

काठमाडौँ, १५ असार : सामाजिक अभियन्ताका नाममा अनेक विवादमा मुछिदै आएकी ज्वाला संग्रौलाले सरकारी कागजात कीर्ते गरेको खुलेको छ। अभद्र व्यवहारको कसूरमा प क्राउ परेकी संग्रौलामाथि अनुसन्धान गर्ने क्रममा सरकारी कागजातसमेत कीर्ते गरेको खुलेको प्र हरी स्रोतले जनाएको छ।

अनुसन्धानको क्रममा अदालती प्रक्रियाका लागि विभिन्न कागजातहरु ‘भेरिफिकेशन’ गर्दा संग्रौलाले पेस गरेका कागजात र कागजात जारी गर्ने सरकारी निकायको विवरण मेल नखाएको महानगरीय प्र हरी परिसर काठमाडौं स्रोतले जानकारी दियो।

महानगरीय प्र हरी परिसर काठमाडौंले अभियन्ता दाबी गर्ने संग्रौलासँगै हिमाल उपाध्याय र शर्मिला वाइवालाई असार ६ गते प क्राउ गरेको थियो। गत जेठ १६ गते प्रहरी वृत्त गौशाला भित्रै युवा संघकी केन्द्रीय सदस्यसमेत रहेकी खुस्वु घिमिरेमाथि कु टपिट गरेको आरोपमा उनीहरु प क्राउ गरेका थिए।

संग्रौलामाथि कुटपिटको घटनासँगै महानगरीय ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहयाक निरीक्षक (असई) मणिकान्त झामाथि रंगभेदी दुर्व्यवहार गरेको घटनामा समेत अनुसन्धान थालिएको थियो। असई झामाथि भएको दुर्व्यवहारको सन्दर्भमा मधेशी आयोगमा उजुरी परेको थियो। सोही उजुरीअनुसार संग्रौलालाई कारबाही गर्न भन्दै आयोगले प्रहरी महानिरीक्षकको सचिवालयलाई उजुरीसहितको पत्र पठाएको थियो।

प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले संग्रौलासँगै पक्राउ परेका अन्य दुई जनामाथि अभद्र व्यवहारको कसूरमा र संग्रौलामाथि भने अभद्र व्यवहारको कसूरसँगै जातीय विभेद तथा छुवाछुत कसूर र सरकारी कागजात कीर्तेको कसूरमा अनुसन्धान भइरहेको बताए। अभद्र व्यवहार र जातीय विभेदको कसूरमा अनुसन्धान गर्ने क्रममा संग्रौलाले सरकारी कागजात कीर्ते गरेको खुलेको थियो।

संग्रौलाले के गरिन् कीर्ते ?
काठमाडौं प्रहरी स्रोतका अनुसार संग्रौलाले सरकारी कागजात दुरुपयोग तथा कीर्ते गरेको भन्ने सूचना उनी प क्राउ परेसँगै प्रहरीकहाँ पुगेको थियो। त्यसपछि सरकारी कागजात कीर्तेमा समेत प्र हरीले अनुसन्धान शुरु गरेको थियो। अनुसन्धनका क्रममा नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, जन्मदर्ता समेतका कागजात कीर्ते गरेको पाइएको काठमाडौं प्र हरी स्रोतले जानकारी दिएको छ।

संग्रौलाका कागजात प्रमाणीकरणका लागि प्र हरीले उनको जन्मस्थान भएको पाँचथरको हिलिहाङ गाउँपालिकाबाट विवरण माग गरेका थियो। तर, संग्रौलाले पेस गरेको कागजात र गाउँपालिकाले पठाएको विवरण मेल नखाएको प्रहरीले जानकारी दिएको छ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार हिलिहाङ गाउँपालिका– ५ (साबिक सुभाङ गाविस)बाट लिएको भनेर संग्रौलाले अविवाहिताको प्रमाणपत्र र जन्मदर्ताको प्रमाणपत्र पेस गरेकी थिइन्।

प्र हरीले कागजात प्रमाणीकरणका लागि हिलिहाङ गाउँपालिकामा पठाउँदा मेल नखाएको र उनले कीर्ते गरेको पाइएको हो। यस विषयमा गाउँपालिकाले समेत प्रहरीलाई कागजात प्रमाणीकरण हुन नसकेको भनेर पत्र लेख्ने भएको छ। उक्त पत्र आएपछि प्र हरीले संग्रौलाविरुद्ध कीर्तेमा समेत मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

संग्रौलाले प्र हरीमा पेस गरेको कागजात साविकको सुभाङ गाउँ विकास समितिको नामका छन्। ती कागजातहरु २०७४ असार ५ गतेको मितिमा जारी भएका छन्। जबकि त्यसको ४ महिना अगाडि (३ चैत २०७३ मा) नै संघीय व्यवस्थाअनुसार सुभाङ गाविसलाई समेत समेटेर हिलिहाङ गाउँपालिका बनिसकेको थियो।

गाउँपालिकाले गाविस नै नरहेको मितिमा पत्र जारी भएको देखिएको व्यहोरा समेत उल्लेख गरेर प्रहरीलाई पत्र पठाउने तयारी गरेको छ। यसबारे गाउँपालिका अध्यक्ष भुवानी प्रसाद लिङ्देनले नेपाल लाइभसँग भने, ‘प्रहरीबाट केही कागजात बुझ्नुपर्ने भन्ने व्यहोराको पत्र आएको थियो। पत्रअनुसार हामीले विवरण हेर्दा केही मेल खाएको देखिएन। अब कीर्ते हो, के हो भन्ने विषय प्रहरीले नै अनुसन्धान गर्ला। विवरण मेल नखाएकाले हामीले भने सोहीअनुसार प्रहरीलाई पत्र पठाउन लागेका छौं।’

गाउँपालिका अध्यक्ष लिङ्देनले संग्रौलाको कीर्तेबारे प्रष्ट बोलेनन्। तर, प्रहरीलाई प्राप्त ‘सूचना’अनुसार संग्रौलाले पेस गरेका कागजातमा दस्तखत गर्ने कर्मचारी समेत नक्कली खडा गरेको पाइएको छ। उनले कागजात बनाएको मितिमा उल्लेख गरेका कर्मचारी अहिले पनि गाउँपालिकामै रहेका जनाइएको छ। तर, ती कर्मचारीले संग्रौलाको कागजातमा हस्ताक्षर नगरेको बताएका छन्।

प्रतिक्रिया