आज पाँच सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १८ असार : शुक्रबार सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ । बिहीबार तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार तेजाबी सुनको मूल्य समेत प्रतितोला ५०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ पुगेको छ । यस्तै शुक्रबार चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य बिहीबार जस्तै शुक्रबार पनि तोलाको १३ सय १० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया