प्रधानमन्त्रीमा नियुक्त भए शेरबहादुर देउवा, सकेसम्म आजै शपथ गराउने तयारी

admin

काठमाडौं, २९ असार : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् । शपथको समय भने निश्चित भएको छैन ।

सकेसम्म (आज) मंगलबार बेलुकासम्ममा शपथ गराउने तयारी भएको राष्ट्रपति भण्डारीका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिए । सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया