सुजिताको हत्यामा संलग्न ४ जना सार्वजनिक

admin

काठमाडौं, असार २९ : महोत्तरीको लोहारपट्टी नगरपालिका-७ की सुजिता ठाकुरको ह त्यामा संलग्न ४ जनालाई प्र हरीले सार्वजनिक गरेको छ । मंगलबार जिल्ला प्र हरी कार्यालय जलेश्वरमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै प क्राउ परेका ४ जना आरोपितलाई सार्वजनिक गरिएको हो ।

प क्राउ पर्नेहरूमा मृत क सुजिताका देवर २९ वर्षीय रुपेश ठाकुर, लोहरपट्टी वडा नम्बर-७ भ्रमरपुरा बस्ने ३७ वर्षीय बन्ठा भन्ने किशोरी मण्डल, ३३ वर्षीय मुल्ला भन्ने आदम राइन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरेको महोत्तरी प्र हरीले जनाएको छ ।

महोत्तरीका प्र हरी उपरीक्षक दिनेश आचार्यले मृ तकको पति ३१ वर्षीय मुकेश ठाकुरलाई प क्राउ गरेर अनुसन्धान गर्दा घट नामा उनको संलग्नता नदेखिएकाले थुनामुक्त गरी मृ तक सुजिताको बुवा कामेश्वर पाण्डेको जिम्मा लगाइएको जानकारी दिए ।

उनले प क्राउ परेका बण्ठा, मुल्ला र नथुनीले मृतकको शव ओसारपसार गरी शव गाड्न तथा शवलाई स्थानान्तरण गर्ने कार्यमा सहयोग पुर्‍याएकाले प क्राउ गरिएको र घ टनाको अनुसन्धान अझै पनि जारी रहेको भन्दै छिट्टै यस घ टना सम्बन्धमा विस्तृत जानकारी दिइने बताए ।

गत जेठ २० गतेदेखि लोहारपट्टी नगरपालिका वडा नम्बर-७ भ्रमरपुरा बस्ने मुकेश ठाकुरको २७ वर्षीया श्रीमती सुजिता देवी ठाकुर आफ्नै घरबाट बेपत्ता भएको हुँदा खोज तलास गरी पाउँ भन्दै पिपरा गाउँपालिका वडा नम्बर-६ रतौली बस्ने सुजिताकी आमा सुनिता कुमारी पाण्डेले असार ६ गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा निवेदन दिएकी थिइन । उनकै निवेदनको आधारमा प्र हरी घट नाको अनुसन्धानमा जुटेको थियो ।

प्रतिक्रिया