अबको तीन दिन ठूलो पानी पर्ने, बाढी पहिरोको उच्च जोखिम सतर्कता अपनाउन आग्रह

admin

काठमाडौं, १ साउन : शुक्रबार पश्चिमी क्षेत्रका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । लुम्बिनी, गण्डकी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उनका अनुसार सुदूरपश्चिमका केही ठाउँमा अहिले हल्कादेखि मध्यमखालको पानी परिरहेको छ ।

दिउँसो पछि भने ठूलो पानी पर्ने सम्भावना छ । मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सरिरहेकाले त्यहाँ लगातारजसो ठूलो पानी पर्ने मौसमविद् मानन्धरले जानकारी दिइन् । अबको तीन दिन नै लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै (भोलि) शनिबार लुम्बिनी, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ मा र पर्सि कर्णाली प्रदेशमा पनि ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । वाग्मती प्रदेश र प्रदेश नम्बर २ मा भने शुक्रबार र शनिबार हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यस्तै मौसमविद्ले बाढी पहिरोको जोखिम धेरै रहेकाले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया