कांग्रेसले विश्वासको मत प्राप्त गरोस् मेरो शुभकामना छ : महेश बस्नेत

admin

भक्तपुर :  पूर्व मन्त्री एवं नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारलाई विश्वासको मत प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ४ स्थित युवा विकास तथा अध्ययन केन्द्रको दोश्रो साधारण सभा उद्घाटन कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘उहाँहरुले विश्वासको मत प्राप्त गर्नुहोला वा नहोला, तर म व्यक्तिगत रुपमा विश्वासको मत प्राप्त गर्नुहोस् भन्ने शुभकामना व्यक्त गर्छु ।

उहाँहरुलाई एमालेको साथ र सहयोगले नै विश्वासको मत प्राप्त हुने हो । त्यसको निम्ति उहाँहरुले सबै खालको कसरत गर्नुहोस् । ’बस्नेतले नेकपा एमाले प्रतिपक्षमा बसेर पनि रचनात्मक भूमिका खेल्न सक्ने पार्टी भएकाले आफ्नो सशक्त भूमिकालाई सदैव प्रस्तुत गर्ने बताए ।

उनले मुलुकको समृद्धि र विकासका निम्ति आफूहरु सदैव इमान्दार रहेको बताउँदै केपी ओली नेतृत्वको सरकारले धेरै सकारात्मक काम गर्दागर्दै पनि अदालतको परमादेशबाट अहिले प्रतिपक्षमा बस्नु परेको बताए ।

अल्पविकसितबाट विकासशील मुलुकमा रुपान्तरण हुनु, आयातमुखी अर्थतन्त्रमा नियन्त्रण गर्दै निर्यातलाई बृद्धि गर्न सक्नु ओली सरकारको सफलता भएको बस्नेतले बताए ।

प्रतिक्रिया