माधव नेपालको घरमा प्रहरीको कडा निगरानी

admin

रौतहट, ५ साउन :  युवा संघ रौतहटको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै रौतहटमा रहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको घरमा कडा सुरक्षामा राखिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकामा रहेको नेता नेपालको घरको सुरक्षाको लागि प्र हरी निरीक्षकको कमाण्डमा ठूलो संख्यामा प्र हरी परिचालन गरिएको हो ।

जिल्ला प्र हरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक सिद्दी बिक्रम शाहले युवा संघले चन्द्रनिगाहपुरमा गर्ने भनेको विरोधको क्रममा नेपालको घरमा क्षति पु¥याउनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

चन्द्रपुर नगरपालिका–४ मा रहेको नेता नेपालको घर प्रवेश गर्ने दुवै तर्फी बाटो र घर अगाडि प्र हरी परिचालन गरिएको छ । सो बाटो हुँदै आवतजावत गर्ने स्थानीयमाथि प्र हरीले कडा निगरानी गरिरहेको छ ।

केही वर्ष अगाडि मात्र निर्माण गरिएको उक्त घरमा हाल आरडीसी नेपाल नामक संस्थाले भाडामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ । नेता नेपाल रौतहट आएको बेला सोही घरमा बस्ने गरेका छन् । उनको जिल्ला सदरमुकाम गौरमा पनि घर रहेको छ । त्यहाँको अवस्था भने सामान्य रहेको प्र हरीले जनाएको छ ।

प्रतिक्रिया