जसपाका दुई नेता जेल चलान

admin

वीरगञ्ज,९ साउन : जनता समाजवादी पार्टीका दुई जना नेतालाई जिल्ला अदालत बाराले जेल चलान गरेको छ। जनता समाजवादी पार्टी बाराका नेता एवं संविधानसभा सदस्य कलैया उपमहानगरपालिका–४ निवासी प्रमोद गुप्ता र फेटा गाउँपालिकाको बडककी फुलवरिया टोल निवासी सञ्जय तिवारीलाई जिल्ला अदालत बाराले बिहीबार जेल चलान गरेको हो ।

०७४ सालमा भएको मधेस आन्दोलनका क्रममा कलैया अस्पतालको गाडीमा आगजनी गरेको आरोपमा सोही बेला दुबै जनामाथि बारा प्र हरीले मुद्दा दर्ता गरेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले ०७४ साल माघ २५ गते फैसला गर्दै आरोपित दुवै जनालाई ६।६ महिना जेल र ९ लाख ८३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको थियो।

बिहीबार अदालतमा हाजिर भएका दुवै जनालाई अदालतले जेल चलान गरेको बाराका प्र हरी प्रवक्ता एवं प्र हरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। ‘पहिलेकै मुद्दामा सजाय पाएका उहाँहरूलाई बिहीबार अदालतले जेल चलान गरेको हो,’ उनले भने।

दुवै जनालाई कैद भुक्तानका लागि पर्साको वीरगञ्ज कारागार कार्यालयमा पठाइएको मिश्रले बताए। जेल चलान भएका गुप्ता बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया