काठमाडौं, २२ साउन : शुक्रबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । (हिजो) बिहीबार तोलामा ९२ हजार रुपैयाँ रहेको सुनको मूल्य शुक्रबार ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य समेत ५०० रुपैयाँले नै घट्दै ९१ हजार रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य शुक्रबार तोलामा १२ सय ६५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण मूल्य घटेको महासंघले जनाएको छ । महासंघका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । यसले गर्दा सुनको मूल्य फेरि पनि घटबढ हुन सक्ने अनुमान छ । तर अहिले पर्ख र हेरको अवस्था रहेकाले यसै भन्न नसकिने व्यवसायीले बताएका छन् ।