पर्वत, २८ साउन : नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्र हरीले पीडितका बुबा र काकालाई प क्राउ गरेको छ । जिल्ला प्र हरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई ब लात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय काकालाई प्र हरीले नियन्त्रणमा लिएको हो ।
सोह्र वर्षकी किशोरी छोरीलाई गत वैशाख २ गते बुबा र साउन २३ गते काकाले ब लात्कार गरेको प्र हरीले जनाएको छ । ब लात्कार गरेका बुबा र काकाविरु द्ध किशोरीका दाइले दिएको जाहेरीका आधारमा दुई जनालाई प्र हरीले प क्राउ गरेको प्र हरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार पीडित किशोरीकी आमा मानसिक रोगी भएको र नाताले काका पर्नेको श्रीमती काकासँगै नरहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
घ टनाको थप अनुसन्धान भइरहेको छ र प क्राउ परेकालाई ज बर्जस्ती करणीअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको प्र हरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो । प क्राउ परेका र पीडितको नाम, ठेगानालगायतका विवरण गोप्य राखिएको छ ।