काठमाडौं, २९ साउन : भक्तपुरको भक्तपुर नगरपालिका ५ बाट १० जना जुवाडे प क्राउ परेका छन् । भेलुखेलस्थित सुजित देउलाले सञ्चालन गरेको पुल हाउसमा जुवा खेलिरहेका उनीहरुलाई महानगरीय प्र हरी वृत्त जगातीबाट खटिएको टोलीले प क्राउ गरेको हो।
प क्राउ पर्नेमा पुल हाउस सञ्चालक देउलासहित १० जना छन्। प्र हरीले जुवा खालबाट १ लाख ८९ हजार नगद बरामद गरेको छ। प क्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्र हरीले जनाएको छ।