रसुवा, ३ भाद्र : रसुवाको नौकुण्ड गाउँपालिका–५ कोलडाँडामा पहिरोले घर पुरिँदा एक जना घा इते भएका छन् । चार जना बेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण घर माथिकाे सडकबाट पहिरो जाँदा श्यामबहादुर ग्लान घर पुरिएको हो । घर पुरिँदा उहाँ घा इते हुनुभएको छ ।
उहाँलाई आज बिहान ३ बजेतिर स्थानीय बासिन्दाले उद्धार गरेका हुन् । उहाँलाई अस्पताल लैजाँदै गरिएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । ग्लान श्रीमती, दुई छोरी र एउटा छोरा पहिराेमा बेपत्ता भएका प्र हरीले जनाएको छ ।