तीज गीत ‘सालको पात’ सार्वजनिक (भिडियोसहित)

admin

काठमाडौं, ३ भाद्र : तीज गीत ‘सालको पात’ म्युजिक भिडियो सार्वजनिक भएको छ । कलाकार दिपक शर्माको निर्देशन, सुमित्रा दुवाडी र मेनुका दुवाडीको शब्द रहेको उक्त भिडियो म्युजिक नेपालमार्फत् सार्वजनिक गरिएको हो ।

सोही गीतमा स्वर मेनुक दुवाडी, पुजा परियार शेर्पाको रहेको छ भने गीतको संगित तथा एरेन्ज खड्ग गन्र्धवले गरेका हुन् । भिडियोमा कोरियो ग्राफर सुमनसागरजङ केसी, छायांकन राहुल राई र सम्पादन सुरेश कुमार राउतको रहेको छ ।

प्रतिक्रिया