बुद्धको पुरानो मूर्तिसहित पाँच जना पक्राउ

admin

बर्दिया, ३ भाद्र : बर्दियामा बुद्धको पुराना मूर्ति किनबेच गरिरहेका पाँच जना प क्राउ परेका छन्। प्र हरीले पुरातात्विक महत्वको बुद्धको मूर्तिसहित पाँच जनालाई प क्राउ गरेको हो।

बर्दियाको गुलरिया नगरपालिका–७ मा रहेको विजय गेष्ट हाउसमा केही मानिसहरु बहुमूल्य धातुको बुद्ध मूर्ति करौडौं रुपैयाँमा किनबेच गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो।

प क्राउ पर्नेमा गुलरिया नगरपालिका–७ का ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरपालिका–१ का ३४ वर्षीय उज्वल रोकाय, वडा नम्बर ९ का ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका–९ का ३२ वर्षीय ईश्वर प्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका–२ का २९ वर्षीय मग बहादुर नेपाली रहेका छन्।

प्र हरीले विजय गेष्ट हाउसको कोठा नम्बर ३ सय २८ मा चेकजाँच गर्दा किनबेच गर्न राखिएको बुद्धको मुर्ति बरामद भएको प्र हरी उपरीक्षक ईश्वर कार्कीले बताए। प्रहरीका अनुसार बरामद बुद्धको मूर्ति सयौं वर्ष पुरानो बहुमूल्य धातुको हो।

पुरातात्विक महत्वको बुद्धको मूर्ति सात किलो सात सय २ ग्राम र ९.५ इन्च उचाई रहेको प्र हरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए। पुरातात्विक मूर्तिसहित पक्राउ परेका पाँचै जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्र हरी कार्यालय बर्दियाले जनाएको छ।

प्रतिक्रिया